संसदको महासचिवमा पाण्डे

काठमाडौंः संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्दै संघीय संसदको महासचिव नियुक्त गरेका हुन् । संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले झन्डै दुई महिनाअघि नै पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरे पनि राष्ट्रपति पौडेलले मंगलबारबाट लागु हुनेगरी नियुक्तिको निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार